काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा २२८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ८४, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा ६ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, हर्न निषेधमा १ जना, अवस्था ठिक नभएको १, एकतर्फिमा…