नेप्सेमा २१ अंकको करेक्शन, पुँजी बढ्ने भएपछि पुनर्बीमाको सेयरमा आकर्षण

तीन दिनको वृद्धिपछि बुधबार सेयर बजार २१.६७ अंकले ओरालो लागेको छ । अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लाग्दा बजार करेक्शन भएर बन्द भएको हो । यसअघि आइतबार १०.३७, सोमबार १०.२६ र मंगलबार १४.८८ अंकले नेप्से बढेको थियो । सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएसँगै सूचक २१ सय बिन्दुमुनी झरेर २०९७.९३ बिन्दुमा कारोबार बन्द भएको छ…