युनाइटेड इन्स्योरेन्सले भदौ ३ गतेबाट हाल कायम चुक्ता पूँजीको २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । उक्त हकप्रदमा साउन १३ गते सम्म कायम शेयर धनीले…