नबिल बैंकले ९% ब्याजदरमा तीन अर्बको ऋणपत्र निष्कासन गर्ने, अनुमति माग

नबिल बैंक लिमिटेडले वार्षिक ९ प्रतिशत ब्याजदर दिनेगरी तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । सात वर्षको दीर्घकालीन लगानी स्रोत जुटाउनका लागि बैंकले ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले असार १७ गते आइतबार ७ वर्ष अवधिको ‘नबिल डिबेन्चर २०८७’ निष्कासन गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो…