शिव शिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो । शर्मालाई मुम्बईस्थित एकजना भारतीय विधायकको घरमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी सीआईबीले सोमबार नेपाल ल्याएको छ । भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी…