नेपाल विद्युत प्राधिकरणले उद्योगहरुलाई डेडिकेटेड/ट्रंक लाइनको वक्यौता महशुल तिर्न एक महिनाको समय थप गरेको छ । प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको प्रयोगबाट विद्युत उपभोग गरेका उद्योगीलाई वक्यौता महशुल भुक्तानी गर्न असोज ३० गतेसम्मको म्याद थप गरेको हो। यसअघि प्राधिकरणले भदौ १७ गते सार्वजनिक सूचना जारी गर्दै उद्योगीहरुलाई त्यसबापतको बक्यौता तिर्न १५ दिनको समय दिएको थियो…