सुन व्यवसायीको आँखामा खुर्सानीको धुलो छर्केर लुटेराको एक समूहले १२ लाख र ४२ तोला सुन लुटेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यही फागुन २५ गते राति २०ः२३ बजेको समयमा काठमाडौं महानगरपालिका-७ चुच्चेपाटीमा व्यवसायीको आँखामा खुर्सानी हालेर कुटपिट गरी लुटपाट गरिएको हो । चाबहिलस्थित ओमशाही टञ्च सेन्टर सुन पसल बन्द गरी कोठा फर्कने क्रममा…