जेठमा बढेपनि समग्रमा घरजग्गा कारोबार आधाले घट्यो, एघार महीनामा ३३ अर्बको कारोबार

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को एघार महीनाको तुलनामा चालु आव २०७९/८० को सोही अवधिमा घरजग्गाको कारोबार आधा बढीले घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आवको जेठ महीना (जेठ) सम्ममा ४ लाख १८ हजार ८२७ वटा घरजग्गा खरिद बिक्री हुँदा ३२ अर्ब ९५ करोड १९ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको…