बाख्रापालनबाटै जीविका चलाउँदै शुक्लाफाँटा धारापानीका बासिन्दा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ धारापानीका बासिन्दाले बाख्रापालन गरी जीविका चलाउँदै आएका छन् । परम्परागत रुपमा बाख्रापालन गरी स्थानीय बासिन्दाले घरायसी खर्च चलाउने गरेका छन् । बाइस परिवारको बसोबास रहेको धारापानीमा मुख्य आयको स्रोतका रुपमा बाख्रपालन रहेको छ । अधिकांश परिवारले १० देखि ५० वटासम्म बाख्रापालन गरेका छन् । बाख्रापालनबाट आएको रकमले घरायसी खर्च, बालबालिकाको विद्यालयको खर्च…