नेपाली कांग्रेसका नेता तथा सांसद कर्मा घलेले कोरोनाको महामारीबाट बच्नका लागि सरकारलाई १० हजार लिटर सुरक्षा ब्राण्डको सेनिटाइजर हस्तान्तरण गरेका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई घलेले आफ्नो औषधी उत्पादक कम्पनी सुमी फर्मास्युटिकलको तर्फबाट सरकारलाई उक्त परिमाणको सहयोग शुक्रबार गरेका हुन्। सांसद घलेले शुक्रबार नेपाल सरकारलाई पहिलो चरणको सहयोग स्वरूप ३ हजारलिटर सुरक्षा स्यानिटाइजर स्वास्थ्य…