चीनका दुर्लभ पृथ्वी तत्व प्रतिबन्धमा जी–७ को एकजुट प्रतिक्रिया आवश्यक : जापानी अर्थमन्त्री

जापानका अर्थमन्त्री कात्सुनोबु कातोले चीनले लगाएका दुर्लभ–पृथ्वी (खनिज) तत्व निर्यात प्रतिबन्धहरूको विरुद्धमा सात राष्ट्रको समूह (जी–७) एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन् । उनले बिहीबार वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा भने, “गत हप्ता चीनले घोषणा गरेको दुर्लभ पृथ्वी तत्व सम्बन्धी व्यापक निर्यात प्रतिबन्धबारे जापान गम्भीर चिन्तित छ र जी–७ ले यस विषयमा संयुक्त रूपमा कदम चाल्नुपर्दछ ।”…