पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुन । तर अचेल उनको परिचयमा यो पनि थपिएको छ– 'एक सफल कौसी खेती किसान ।' उनी पोखरामा पछिल्लो समय यो पछिल्लो परिचयबाट अझ बढी परिचित हुन थालेकाी छन । पन्ध्र वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थालेकी सरस्वती कौसीमै उत्पादित तरकारीमा आत्मनिर्भर…