घुस लिएको अभियोगमा मालपोत कार्यालयका नायब सुब्बा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय लेखनाथ, कास्कीका नायब सुब्बा दीपक सुवेदीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको नाममा दर्ता रहेको जग्गा रोक्का गर्ने कार्य सहजीकरण गरिदिने भन्दै नायब सुब्बा सुवेदीले सेवाग्राहीसँग रु तीन हजार घुस लिएको पाइएको आयोगले जनाएको छ । बैंकबाट कर्जा निकालिदिने प्रयोजनार्थ जग्गा रोक्का गराउन पुगेका सेवाग्राहीलाई अनेक…