राष्ट्रियसभाको आजको बैठकले ‘स्टाण्डर्ड नाम र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको हो । यसअघि उक्त विधेयकमाथिको छलफलमा सहभागी सांसद कोमल वली, ठगेन्द्रप्रकाश पुरी र अनिता देवकोटाले, रामनारायण बिंडारीलगायतले विधेयकका कतिपय पुराना प्रावधानलाई…