नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरु कार्यतालिकाभित्र काम गर्न असफल देखिएका छन् । सूचीकृत २१६ वटा कम्पनी मध्ये १३४ वटा कम्पनीले चालु आवको पुस मसान्तभित्र गत आर्थिक वर्ष २०७६/७७ को साधारण सभा सम्पन्न गर्न नसकेको तथ्याङ्क भेटिएको छ । चार वाणिज्य बैंक सहित १३४ कम्पनीले आर्थिक वर्ष समाप्त भएको ६ महिनाको अवधिभित्र गत आवको साधारण सभा…