नेपाली सेनामार्फत जर्मनीबाट कोरोना परीक्षणका लागि कीट ल्याइँदै

सरकारले कोभिड–१९ को परीक्षणका लागि आवश्यक सामग्री ल्याउन थालेको छ। पहिले परीक्षणका लागि ल्याइएका कीट सकिन थालेपछि पिसिआर र आरडिटीका लागि आवश्यक सामग्री ल्याउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। नेपाली सेनामार्फत जर्मनीबाट ती कीट ल्याउन थालिएको हो। मन्त्रालयले पहिलो पटक बोलपत्र आह्वानबाट ७० हजार आरडिटी कीट ल्याएको थियो। अहिले…