एनआरएन इन्फ्रास्टक्चरले प्रुडेन्सीयल रि-इन्स्योरेन्समा १५ करोड लगानी गर्ने

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले प्रस्तावित प्रुडेन्सीयल रि–इन्स्योरेन्स कम्पनीमा १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष जीवनाथ लामिछानेको अध्यक्षतामा माघ ८ गते ४ः१५ बजे भर्चुअल माध्यमबाट सम्पन्न बैठकले प्रस्तावित प्रुडेन्सीयल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडमा संस्थापक लगानिकर्ता भई १५ करोड रुपैया लगानी गर्ने भन्ने निर्णय सर्वसम्मतिले पारित गरेको हो ।…