वर्षकै सबैभन्दा ठूलो दुर्घटनाः सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० को मृत्यु

अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १४० जना आप्रवासीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) का अनुसार यस वर्षको यो सबैभन्दा ठूलो दुर्घटना हो । सेनेगलको माबुर भन्ने शहरबाट शनिबार करिब २०० व्यक्ति डुङ्गामा चढेका थिए । यी व्यक्ति स्पेनको केनेरी द्वीपका लागि प्रस्थान गरेको…