डिजेल र मट्टीतेलको मूल्य १० रुपैयाँले घट्दा किन घटेन पेट्रोलको भाउ ?

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो । अब डिजेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ पर्ने छ । पेट्रोलको मूल्य भने प्रतिलिटर १७५ रुपैयाँ नै यथावत छ ।…