आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले आर्थिक वर्ष २०७६/७७ मा रु चार अर्ब ६८ करोड ७२ लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा १९ दशमलव ४६ प्रतिशतले कम हो । कार्यालयले सो आर्थिक वर्षमा रु पाँच अर्ब ८२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका…