एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको १७.१० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाउन थालेको छ। बैंकले २०७६ चैत ६ गतेसम्म आफ्नो शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुलाई बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरेको हो। हालसम्म पनि कागजी शेयर धारण गर्ने शेयरधनीहरुलाई शेयर डिम्याट गरी डिम्याट खातामा नै बोनस प्राप्त गर्न…