नेपालमा थप ५५४ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२ हजार नाघ्यो

नेपालमा विगत २४ घण्टामा थप ५५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १२,३०९ पुगेको छ। तीमध्ये २,८३४ जना निको भएका छन् भने २८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। मन्त्रालयले थप १३६ जना निको भएको तथा एक जनाको मृत्यु…