सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आजसम्मकै उच्च, ६०.७ प्रतिशत उपचारपछि घर फर्किए

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ७०५ रहेको छ । निको हुनेको सङ्ख्या नेपालमा कोभिड–१९ सङ्क्रमण देखिए यताकै उच्च हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले आजसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार २९४ पुगेको बताए । कूल कोरोना सङ्क्रमितमध्ये ६० दशमलव सात…