इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा शनिबार भएको विरोध प्रदर्शनका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने केही अरु घाइते भएका छन् । अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दीका साथै तेल निर्यातमा प्रतिबन्ध लगाएपछि इरानी अर्थव्यवस्था संकटमा छ । इरानी शहर सिरजानमा भेला भएका प्रदर्शनकारीले एउटा पेट्रोल डिपोमा आगलागीको प्रयास गरेपछि हिंसा भड्किएको थियो…