गण्डकी प्रदेश सरकारले सङ्क्रामक तथा सरुवा रोगको उपचारार्थ नेपाल सरकारसँगको सहकार्यमा प्रयोगशाला परीक्षणसहितको अत्याधुनिक प्रविधियुक्त सङ्क्रामक तथा सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ। गण्डकी प्रदेश सभामा प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य सेवालाई प्राथमिकतामा राखिएको छ। जटिल अवस्थाका गर्भवतीको जीवन रक्षार्थ प्रदेश अन्तर्गतका अस्पतालमा मातृ प्रतिक्षा कक्ष स्थापना गर्दै…