बोल्न नपाएपछि संसदमै नांगिए अमरेशकुमार

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्न नपाएपछि सांसद अमरेशकुमार सिंहले लुगा फुकालेर विरोध जनाएका छन् । सभामुख देवराज घिमिरेले बैठकको सुरुमै आज आकस्मिक समय नरहेको र सोझै कार्यसूचीमा प्रवेश गर्ने बताएका थिए । तर केही सांसदहरूले बैठकमा उभिएर त्यसको विरोध जनाए । सांसद सिंहले पनि आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै सभामुखलाई आग्रह गरेका थिए ।…