सामाजिक सुरक्षा भत्ता रोक्ने निर्णयप्रति कांग्रेसको ध्यानाकर्षण

नेपाली कांग्रेसले सरकारले अशक्त, अपाङ्गता र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता तत्कालका लागि रोक्ने निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले आज एक विज्ञप्ति जारी गरी संविधानले नै अशक्त, अपाङ्गता तथा एकल महिला सामाजिक सुरक्षाबाट वञ्चित हुन नमिल्ने व्यवस्था गरेकाले तत्काल उक्त निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराएका…