भरतपुर अस्पतालमा मृत्यु भएका ६८ वर्षीय वृद्धको कोरोना रिपोर्ट नेगेटिभ

भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया एक महिलाको नतिजा नेगेटिभ आएको हो।परोहा नगरपालिका–८ नर्कटिया रौतहटका उनी सोमबार राति अस्पताल आएका थिए। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो।…