कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी लकडाउनमा आफ्ना सदस्यको आर्थिक सारथी बन्दै सहकारीहरुले घरघरमा पैसा पुर्याउन थालेका छन् । लकडाउनका समयमा आफ्ना सदस्यलाई पैसाको कुनै समस्या नपरोस् भनेर बढीमा २५ हजारसम्मको रकम घरघरमै पुर्याउन थालिएको हो । भक्तपुरका अधिकांश सरकारी तथा निजी बैंक लकडाउनयता बन्द भएपछि खातामा जम्मा गरेको पैसा झिक्न पाएका छ्रैनन् । सूर्यविनायकको ज्योति…