कागेश्वरी मनोहरा नगरपालिका–९, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा पछिल्लो कोरोना भाइरस परीक्षणमा २९६ जनाको रिपोर्ट नेगेटिभ आएपछि यहाँको वातावरण उल्लासमय बनेको छ । अपार्टमेन्टको ‘ए ब्लक’ मा बसोबास गर्ने सबै र केही अरु ब्लकमा बस्नेहरुको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएपछि यहाँ बसोबास गर्ने परिवार हर्षित बनेका छन् । तीन दिनसम्म आफूलाई पनि सङ्क्रमण भएको हुनसक्ने भनी…