कोरोना विजेता युवक भन्छन्- हिम्मत भए सञ्चो हुन्छ, खानपिनमा ध्यान दिनुस्

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । तिनमध्ये संक्रमण निको भएर चार जना घर फर्किसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय युवक राज विक पनि नतिजा नेगेटिभ आएपछि घर फर्किएका छन् । सेती अस्पतालमा उपचाररत पांँचमध्ये विक भारतको मुम्बईबाट गत चैत ८ गते घर फर्कनुभएको हो । चैत १० गते…