पूर्वएआईजी सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइएको छ । आइतबार ब्युरोमा उजुरी दिइएको हो । केही दिनअघि सुवेदीले एक भिडियो अन्तर्वार्तामा प्रचण्डका विषयमा बोलेका थिए । उनले भदौ २४ गते खुमलटारस्थित प्रचण्डको घर जलाइनुभन्दा दुई दिनअघि नै त्यहाँबाट ‘दुई ट्रकमा दुई करोड रुपैयाँ’…