टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी कोरोना संक्रमित दोस्रो युवती निको भएर घर फर्केकी छिन्। टेकु अस्पतालले उनलाई शनिबार डिस्चार्ज गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । फ्रान्सबाट चैत ४ कतारको दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएकी १९ वर्षीय युवतीमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएको थियो।…