वर्ल्डलिङ्क र पब्जी मोबाइलबीच नेपालमा ई–स्पोर्ट्स पूर्वाधार बनाउने सम्झौता

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क र विश्वको अग्रणी मोबाइल गेमिङ कम्पनी पब्जी मोबाइल (प्लेयर अननोन्स ब्याटलग्राउन्ड) ले ई–स्पोर्ट्स पूर्वाधार निर्माणका लागि साझेदारी गरेका छन् । नेपालमा बढ्दो गेमिङप्रतिको आकर्षणलाई थप प्रोत्साहन र गेमिङ क्षेत्रलाई व्यवस्थित गर्नको लागि यो साझेदारी गरेको वर्ल्डलिङ्कले जनाएको छ । नेपालमा मोबाइल गेमिङलाई प्रवद्र्धनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।…