जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य शुरु, स्थानीयवासीलाई १०% शेयर

जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य मङ्गलबारदेखि शुरु भएको छ । विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पाबाट मुआब्जा वितरण शुरु गरिएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए। पहिलो चरणमा इलस्थित स्थानीयवासीले मुआब्जा पाउने छन् भने दोस्रो चरणमा अर्थात चैत १४ गते काईगाउँमा वितरण गरिने छ । इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गको प्रतिरोपनी पाँच…