डिभिजन वन कार्यालय दोलखाकी वन अधिकृत दुई लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दोलखाकी डिभिजन वन अधिकृत (दशौं तह)  सन्तमाया श्रेष्ठलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । उनीसहित तीन जना भक्तपुर गठ्ठाघरबाट पक्राउ परेका हुन् । श्रेष्ठले काठ व्यापार गर्ने व्यापारीहरुसँग घुस रकम उठाई सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउदैं गरेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका…