म्याग्दी र मुस्ताङमा जलविद्युत्को विकासको आधार मानिएको कालीगण्डकी करिडोर प्रसारण आयोजनाको निर्माणमा ढिलाइ भएको छ । यस क्षेत्रमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कालीगण्डकी प्रसारण करिडोरअन्तर्गतको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन निर्माण गर्न लागिएको हो । लक्ष्यभन्दा निकै ढिला भइसक्दासमेत आयोजनाको कामले पूर्णता पाउन नसकेपछि यस क्षेत्रमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाहरु…