पोखरा महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न मेकानिक्स विषयमा आगामी वर्षदेखि ‘अटो इञ्जिनीयर डिप्लो’मा शुरुवात गर्ने भएको छ। महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गण्डकी अटोमेकानिकल बक्र्स एशोसिएशनको २० औं वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै उनले उचित स्थान खोजी गरेर ‘अटोल्याण्ड’ निर्माण गरिने जानकारी दिए। उनले भने,“अबको विकास सीपमूलक र दक्ष जशक्तिबाट सम्भव छ। यसैले अटो इञ्जिनीयर डिप्लोमा…