हिमालयन डिष्टिलरीले ६ महिनामा कमायो साढे २५ करोड खुद नाफा

हिमालयन डिष्टिलरी (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २५ करोड ४० लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ। चालु आवको प्रथम त्रैमासमा ९ करोड ७५ लाख नाफा कमाएको यस कम्पनीले पछिल्लो तीन महिनामा मात्रै १५ करोड ६५ लाखले नाफा बढाएको हो। गत आवको पुस मसान्तसम्ममा यस कम्पनीले १८ करोड ५८ लाख १२ हजार…