इन्फिनिटी लघुवित्तको आइपिओमा माग भन्दा दोब्बर बढी आवेदन, आइपिओमा आवेदन गर्ने आज दोस्रो दिन

इन्फिनिटी लघुवित्तले निष्काशन गरेको आइपिओमा पहिलो दिनमा नै मागभन्दा दोब्बर बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमीटेडका अनुसार आइपिओ खुलेको पहिलो दिन जेठ १३ गते सोमबार १३ लाख ५६ हजार कित्ता शेयरका लागि आवेदन परेको छ । जबकि कम्पनीले ६ लाख ७४ हजार कित्ता शेयरका लागि आवेदन माग गरेको छ ।…