बेलायतको यूरोपेली यूनियन (इयू) बाट हुने भनिएको बहिर्गमन (ब्रेक्जिट) बारे अन्योल छाइरहेका समय बैंक अफ इङ्ल्याण्डद्वारा सन् २०१९ र २०२० का लागि यस पहिले गरेको प्रक्षेपणभन्दा पनि आर्थिक वृद्धि न्यून रहने जनाएको छ । बेलायतको केन्द्रीय बैंकले सम्झौताहिन ब्रेक्जिट भएमा बेलायती मूद्रा पाउण्ड स्टर्लिङको अवमूल्यन हुनुका साथै मुलुकको आर्थिक वृद्धिमा पनि प्रभाव पर्ने जनाएको हो…