शेयर लगानीकर्ताहरुका पाँच वटा संगठनले भारित औसतका आधारमा पूँजीगत लाभकर गणनाको विधि र प्रक्रियामा देखिएको अन्यौलता हटाउन धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । मंगलबार पाँच वटा संस्थाहरुले धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीलाई विरोध पत्र बुझाएका हुन् । लगानीकर्ताले शेयरबजारमा लागु भएको भारित औसत लाभकर विषयमा भएको सर्वपक्षीय सहमति लागु गर्न माग गरेका छन्…