गण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा ॐ कृषि फार्मका सञ्चालक कविराज खनालले यस वर्ष मात्रै ४ लाख ५० हजार रुपैयाँको सिप्लिकानका बिरुवा बेचेका छन् । विशेषगरी पहाडी क्षेत्रमा पाइने बहुऔषधीय गुणयुक्त यो वनस्पति देशका अधिकांश स्थानबाट हराउँदै गएको छ, तर खनालले भने विगत ५ वर्षयता यसको व्यावसायिक खेती गरी आम्दानी गरिरहेका छन् ।…