नयाँ उद्योगलाई ३ वर्षको भाडा छुट

काठमाडौँ । सरकारले नयाँ उद्योगीलाई सुरुका ३ वर्ष भाडा छुट दिने भएको छ। बिहीबार संसद्‍मा आर्थिक वर्ष २०८२\०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उद्योगीले ३ प्रतिशत निर्यात गरे विशेष उद्योग सरहको सुविधा उपलब्ध गराउने समेत जानकारी दिए।