काठमाडौँ । नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ रहेको छ । तथ्याङ्ककअनुसार होटल उद्योगमा साढे १० अर्ब रुपैयाँ भन्दा बढी विदेशी लगानी रहेको पाइएको…