नेपालबाट निकासी हुने प्लाइउड (काठको प्रशोधित पात) मा इण्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आईएसआई) मापदण्ड लागु हुने म्याद थप्न भारत सरकार केही लचिलो बनेको छ। आईएसआई प्रमाणित नभएका नेपाली प्लाइउडको आयातमा यही फागुन १६ गतेदेखि रोक लगाउने गरी ६ महिनाअघि भएको भारत सरकारको निर्णयबाट नेपालका प्लाइउड उत्पादक चिन्तित बनेका थिए। नेपाल सरकारले आईएसआई प्रमाणपत्रका लागि प्रक्रिया पूरा…