सुन-चाँदीको मूल्यले दैनिक बनाउँदै रेकर्ड

सुनको भाउले बुधबार पनि रेकर्ड कायम गरेको छ । दसैँपछि लगातार रेकर्ड कायम गर्दै आएको सुनले आज पनि नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।…