निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न परिसंघको अनुरोध

नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथासक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघले नेपाल सरकारसमक्ष अनुरोध गरेको छ । उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले गरिरहेको जनाएको छ । विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी…