विकास ऋणपत्र मार्फत ९ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

सरकारलाई आवश्यक आन्तरिक ऋण व्यवस्थापन गर्न सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । ऋण व्यवस्थापन कार्यालयले ९ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८७ ‘च’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । सो ऋणपत्रको बोलकबोल भने जेठ १३ गते आइतबार हुदैछ । विकास ऋणपत्रको अवधि ६ वर्षको…