अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न आलु प्याजमा भ्याट लगाइएको बताएका छन् । आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न आयातीत वस्तुहरुमा कर लगाएको उनले बताएका हुन् । अर्थमन्त्री महतले व्यवस्थापिका संसदमा चलिरहेको बजेट माथिको छलफलमा सांसदहरुको प्रश्नको जवाफ दिँदै नेपाली उत्पादनकर्ता कृषकलाई प्रोत्साहन गर्न आयातीत कृषि वस्तुहरुमा भ्याट लगाएको बताए । “उत्पादन बढाएर देशलाई आत्म…